शुक्रवार, भदौ १२, २०८३ (Friday, August 28, 2026)

पोखराको विहानी र साराङकोटबाट हिमाल दृश्य

बिहिवार, भदौ ४, २०८३ (August 20, 2026)

साराङकोट पोखरा शहरभन्दा करिब ११ किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ। यो समुद्री सतहबाट १५९२ मिटरको उचाइमा छ। यहाँबाट देखिने सूर्योदयको दृश्य विश्वप्रसिद्ध छ।

  • अन्नपूर्ण दक्षिण (७२१९ मि)
  • माछापुच्छ्रे (६९९३ मि)
  • धौलागिरी (८१६७ मि)
  • मनास्लु (८१६३ मि)

साराङकोटबाट हिमालको दृश्य हेर्दा लाग्छ – मानौं हिमालहरूले हामीलाई नै हेरिरहेका छन्।

साराङकोटमा प्याराग्लाइडिङको लागि पनि धेरै प्रसिद्ध छ। यहाँबाट उड्ने प्याराग्लाइडरले फेवा ताल र पोखरा शहरको मनमोहक दृश्य देख्न सकिन्छ।

सम्बन्धित खबर