शुक्रवार, भदौ १२, २०८३ (Friday, August 28, 2026)

मलेसियामा नेपाली कामदारको सङ्ख्या घट्दै

मङ्गलवार, भदौ २, २०८३ (August 18, 2026)

मलेसिया नेपाली श्रमिकको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो। तर पछिल्लो तीन वर्षमा मलेसिया जाने नेपालीको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ। मलेसियाको नयाँ रोजगारको मापदण्डले गर्दा यस्तो भएको हो।

गिरावटको कारण

  1. मलेसियाली श्रम कानुनको कडाइ
  2. म्यानपावर कम्पनीको विश्वसनीयतामा कमी
  3. अन्य मुलुकको तुलनामा न्यून ज्याला
  4. कामको अवधि सीमित हुने
  5. अवैध कामदारको जोखिम

सरकारले मलेसियामा कार्यरत नेपाली श्रमिकको सुरक्षाको लागि विशेष ध्यान दिएको छ। कुवालालम्पुरमा रहेको नेपाली दूतावासले श्रमिकको समस्या सुन्नको लागि हटलाइन सेवा सञ्चालन गरेको छ।

मलेसिया मात्र होइन, प्रवासमा रहेका सबै नेपाली श्रमिकको सुरक्षा र हितको लागि सरकारले गम्भीर भएर काम गर्न आवश्यक छ।

सम्बन्धित खबर