शुक्रवार, भदौ १२, २०८३ (Friday, August 28, 2026)

स्थानीय पुस्तकालयको संरक्षण र नयाँ पुस्तकालयको स्थापना

बिहिवार, भदौ ४, २०८३ (August 20, 2026)

नेपालका विभिन्न गाउँमा सामुदायिक पुस्तकालयको स्थापना र पुराना पुस्तकालयको संरक्षणको कार्य अघि बढेको छ। स्थानीय युवा क्लब र सामाजिक संस्थाहरूले पुस्तकालय सञ्चालनमा सक्रिय भूमिका खेल्दै आएका छन्।

पुस्तकालयको आवश्यकता

गाउँमा रहेका पुस्तकालयहरूमा नयाँ पुस्तक थप्न र पूर्वाधारलाई अद्यावधिक गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन्।

  1. बाल विकासमा सहयोग
  2. सूचनाको पहुँच
  3. अनुसन्धान प्रवद्र्धन
  4. सामुदायिक जमघटको केन्द्र

पुस्तकालय केवल पुस्तकको भण्डार मात्र होइन, समुदायलाई जोड्ने सूत्र हो । यसको संरक्षण र विस्तार हुनुपर्छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक पुस्तकालयलाई डिजिटलाइजेसन गर्ने कार्य समेत अघि बढेको छ। यसले पुस्तकालयमा भएका पुस्तक तथा दुर्लभ सामग्रीको डिजिटल प्रतिलिपि तयार गरेर अनलाइनबाट उपलब्ध गराउने योजना रहेको छ।