शुक्रवार, भदौ १२, २०८३ (Friday, August 28, 2026)

शिक्षामा साताको घटनाक्रम : विद्यालय शिक्षा ऐनको मस्यौदामा विवाद

मङ्गलवार, साउन १२, २०८३ (July 28, 2026)

सरकारले विद्यालय शिक्षा ऐनको नयाँ मस्यौदा सार्वजनिक गरेपछि विवाद सुरु भएको छ। मस्यौदामा रहेका कतिपय प्रावधानले शिक्षा क्षेत्रलाई नै प्रभावित पार्ने भन्दै शिक्षकहरूले विरोध जनाएका छन्।

विवादित प्रावधान

  • शिक्षक सेवा आयोगको संरचनामा परिवर्तन
  • नीजि विद्यालयको नियमन ऐन
  • स्थानीय तहलाई शिक्षाको अधिकार
  • विद्यार्थी मूल्याङ्कन प्रणाली

विद्यार्थीको भविष्यसँग जोडिएको विषयमा हचुवा निर्णय गर्नु उचित हुँदैन । सबैलाई समेटेरै ऐन ल्याउनुपर्छ ।

नेपाल शिक्षक महासंघका अध्यक्षका अनुसार मस्यौदामा शिक्षकहरूको चिन्ता सम्बोधन गरिएको छैन। उनले संसद्मा पेस गर्नुअघि मस्यौदामा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।